एसईई परीक्षा वैकल्पिक विधिबाट गर्न परीक्षा बोर्डले माग्यो अनुमति

 

Dainik Samaj | एसईई जेठ १३ देखी र १२ को परीक्षा २६ गतेबाट हुने - Dainik  Samaj

१६ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्नको लागि शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ ।

कोरोना महामारीका कारण स्थगित भएको परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अनुमति मागेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताए ।

एसईई परीक्षा सञ्चालन सम्बन्धी सुझाव दिने समितिको प्रतिवेदनको आधारमा निर्णय गरी सरकारलाई अनुमति माग गरेको अध्यक्ष पौडेलले बताए ।

अध्यक्ष पौडेलले भने ‘समितिले बुझाएको प्रतिवेदनको आधारमा निर्णय गरी माग गरिएको हो । सकेसम्म अनुमति पाउने अपेक्षा छ ।’

संक्रमण दर बढ्दै गएपछि राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालको संयोजकत्वमा एसईई र कक्षा १२ को परीक्षा सञ्चालन सम्बन्धी सुझाव दिने समिति गठन गरेको थियो ।

समितिले कक्षा १२ को परीक्षा विधिबारे पनि प्रतिवेदन बुझाएको छ । बोर्डले भने अहिले एसईईको लागि मात्रै अनुमति माग गरिएको जनाएको छ । अध्यक्ष पौडेलले भने ‘अहिले हामी एसईईको लागि मात्रै अनुमति माग गरेका छौं । कक्षा १२ को लागि भने केही समय पर्खने र आवश्यकता परेको खन्डमा अनुमति माग्छौं ।’

जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि प्रश्नपत्र छपाइको काम यसअघि नै सकिएको थियो । एसईई ५ लाख १७ हजार विद्यार्थी र कक्षा १२ मा करिब ४ लाख विद्यार्थी परीक्षा दिने तयारीमा रहेको बोर्डले जानकारी दिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE