एमाले विवाद कार्यदलको बैठक सकारात्मक, सहमति हुनेमा नेपाल पक्ष आशावादी

एमाले कार्यदलको बैठक बस्दै – Online Khabar

काठमाडौँ– पार्टीभित्रको विवाद समाधानका लागि गठित नेकपा एमालेको कार्यदलको बैठक सिंहदरबारमा सोमबार बेलुका बसेको बैठक मंगलबार पुनः बस्ने गरी सकिएको छ । यो बैठकले अहिलेसम्म भएका अनौपचारिक छलफलबारे पुनरावलोकन गरेको छ । साथै,कार्यदलका सदस्यहरूबीच विवाद समाधानका लागि नयाँ शिराबाट अघि बढ्ने सहमति पनि भएको छ ।

योसँगै अव एमालेका दुई पक्षले भन्दै आएको जेठ २, प्रतिनिधि सभा विघटन, हस्ताक्षर फिर्ता लगायतका विषय नउठाउनेमा नेताहरु सहमति नजिक पुगेका छन् । यसअघि ओली पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै गरेको हस्ताक्षर फिर्तालाई बटम लाइन बनाएको थियो भने माधव नेपाल पक्षले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै गल्ती स्वीकार्नुपर्ने अडान राखेको थियो ।

नेपाल पक्षका कार्यदलका एक सदस्यले भने, ‘भोलि दिउँसो फेरि कार्यदलको बैठक बस्नेछ। अनि मुल मुद्दाबारे सहमतिको प्रयास गरिनेछ। केही साना मुद्दा मिल्न बाँकी हो। त्यो मिल्छ भन्नेमा आशावादी छौँ।’

WRITE COMMENTS FOR THIS ARTICLE