एमाले कार्यदलको बैठक प्रगति शून्य : शुक्रबार बिहान साढे ११ बजे पुनः बस्ने

बिहीबार साँझ सिंहदरबारमा करीब एक घण्टा चलेको बैठक शुक्रबार बिहान साढे ११ बजे पुनः बस्ने गरी बैठक सकिएको एमाले नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए।

“हामी टुंगोमा पुगिसकेका छैनौं,” नेम्वाङले भने, “आजसम्म जे छलफल भएको छ, त्यसबाट हामी आशावादी छौं, भोलि बस्ने बैठकले टुंगोमा पुर्‍याउनेछ।” तीन वर्षदेखिको विवादमा ९–१० दिनमा अहिलेको अवस्थामा पुर्‍याउनु सकारात्मक भएको नेम्वाङले बताए।

एमाले वरिष्ठ नेता माधव नेपाल पक्षबाट कार्यदलमा सहभागी एक सदस्यले चाहिँ अध्यक्ष केपी शर्मा ओली पक्ष पार्टी एकताका लागि गम्भीर नभएको आरोप लगाए। नाम उल्लेख गर्न नचाहने ती सदस्यले भने, “दश दिन अगाडि हामी जहाँ थियौं, आज पनि त्यहीं छौं , प्रगति शून्य छ ।”

बिहीबारको बैठकमा उपमहासचिव विष्णु पौडेल सहभागी थिएनन्।

WRITE COMMENTS FOR THIS ARTICLE