एमालेको केन्द्रीय कमिटी बैठक आज, माधव नेपाल समूहले बहिष्कार गर्ने निर्णय
नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । आज बिहान ११ बजे बस्ने गरी केन्द्रीय कमिटीको बैठक बोलाइएको हो ।
एमालेको १०औँ महाधिवेशन आयोजक कमिटीको बुधबार बसेको बैठकले आजका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । एमालेले महाधिवेशन आयोजक कमिटी विघटन गरी केन्द्रीय कमिटी बोलाएका हो ।
एमालेको माधव नेपाल समूह भने आज बस्ने बैठकमा सहभागी नहुने भएको छ । सो समूहको हिजो बसेको बैठकले आज बस्ने बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।
अध्यक्ष केपी ओलीले एकताका लागि हासिल उपलब्धिलाई अवरोध पुर्याउने गरी निर्णय लिएकाले बैठकमा सहभागी नहुने निर्णय गरिएको एमाले नेता भीम रावलले बताए ।
नवौँ महाधिवेशनबाट तय भएको विधान र त्यसका नियमावलीविपरीत बैठक आयोजना भएकाले सहभागी हुन नसकिने हुनको भनाइ छ ।
‘पार्टीको केन्द्रीय कमिटी तथा जनसंगठनलाई २ जेठ २०७५ अघिको अवस्थामा क्रियाशील तुल्याउन हामीले अघि सारेको ६ बुँदे प्रस्ताव विपरीत अध्यक्ष ओली अघि बढ्दै एकताका लागि हासिल उपलब्धिमा अवरोध पुर्याउन खोझेकाले बैठकमा सहभागी हुँदैनौँ,’ उनले भने ।
अध्यक्ष ओलीले नवौँ महाधिवेशनको विधानलाई लत्याएको निष्कर्ष त्यस समूहको छ । महाधिवेशन आयोजक कमिटीले एमालेबाट चार र माओवादीबाट एमालेमा प्रवेश गरेका चारजनालाई स्थायी कमिटीमा ल्याएको छ । यो निर्णय नवौँ महाधिवेशनबाट निर्वाचित कमिटीको बैठकमार्फत नै हुनुपर्ने माधव नेपाल समूहको अडान छ ।
WRITE COMMENTS FOR THIS ARTICLE