एक साता पर सर्यो एमालेको विधान महाधिवेशन

काठमाडौैँ– नेकपा एमालेले विधान महाधिवेशनको समय पर धकेलेको छ।
शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो।
बैठकले असोज १५, १६ र १७ गते महाधिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। महाधिवेशनको समय पर धकेल्नुको कारणमा उनले समय अभाव भएको देखाए।
एमालेले यसअघि असोज ४ देखि ६ गतेसम्म महाधिवेशनको मिति तय गरेको थियो। बैठकले असोज ३ र ४ गते स्थायी समितिको बैठक डाक्ने निर्णय गरेको छ भने ८ र ९ गते केन्द्रीय कमिटीको बैठक डाकेको छ।
यस्तै बैठकले आइतबार १२ बजे पार्टीको संसदीय दलको बैठक डाक्ने निर्णय गरेको छ।
WRITE COMMENTS FOR THIS ARTICLE