आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक शर्मासहित तीन जनाविरुद्ध अख्तियारले हाल्यो विशेष अदालतमा मुद्दा

 

काठमाडौँ ।

आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित विभागका तीन जना पदाधिकारीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले शर्मासहित तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारी लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरुमाथि १ अर्ब ३३ करोड २० हजार ३ सय ८५ रुपैयाँ कर छुट दिएको अख्तियारले दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तीनै बिरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले उल्लेख गरेबमोजिम बिगो १ अर्ब ३३ करोड २० हजार ३ सय ८५ रुपैयाँ कायम गरी दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को (झ) बमोजिम कैद र दफा ७ बमोजिम जरिवाना सजाय गर्न अख्तियारले माग गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE