आज ८ हजार २०३ जनामा कोरोना पुष्टि, १९६ जनाको मृत्यु


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार २८६ पीसीआर परीक्षणबाट ८ हजार १३६ जना र ६९३ एन्टिजेन परीक्षणबाट ६७ जनामा संक्रमण देखिएको हो।
यस्तै गत २४ घण्टामा देशभर १९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ४११ पुगेको छ।
यस्तै मंगलबार ६ हजार ८९१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर १ लाख १४ हजार ५२९ जना संक्रमित संक्रमित छन्।
WRITE COMMENTS FOR THIS ARTICLE