अख्तियार प्रमुख राईसँग प्रधानमन्त्री ओलीको लामो ‘मन्त्रणा’

काठमाडौँ- संकटमा घेरिएका प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसँग शनिबार लामो छलफल गरेका छन्।
साम, दाम, दण्ड, भेद सबै औजारहरु आफ्नो पक्षमा प्रयोग गर्न माहिर ओलीले शनिबार अपराह्न राईसँग आफ्नै निवास बालुवाटारमा भेट गरेका हुन्।
उनको बिरुद्ध लागेका राजनीतिक प्रतिद्वन्द्वीहरुलाई ठेगान लगाउन अख्तियार प्रयोग हुँदैछ भन्ने अड्कलबाजी भइरहेका बेला भएको ओली-राई भेटलाई त्यही सन्दर्भमा हेरिएको छ।
‘भोलि नै ओलीबिरुद्ध लागेका केही राजनीतिक व्यक्तिहरु बिरुद्ध अख्तियारले कारबाही सुरु गरेमा आश्चर्य नमान्नुहोला,’ भेटघाटबारे जानकार एक स्रोतले बतायो।
प्रधानमन्त्री ओलीले आफू विरोधी नेताहरुलाई अख्तियार देखाएर तर्साउने गरेको आरोप प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लगाएकै दिन यो भेटघाट भएको छ।
WRITE COMMENTS FOR THIS ARTICLE